चुनाव प्रचार आजदेखि

बिहीबार, कात्तिक १७, २०७९
Global Ime Bank

काठमाडौं । मंसिर चार गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको प्रचार आजदेखि दलहरुले सुरु गरेका छन् । हालसम्म घरदैलो अभियान मात्रै गर्दै आएका उम्मेदवारहरुले आजदेखि मंसिर १ गतेसम्म आमसभा, जुलुस र कोणसभा गर्न पाउने निर्वाचन आयोगले बताएको छ ।  साथै उम्मेदवारहरुले खर्चको सीमाभित्र रहेर सञ्चार माध्यमहरुबाट समेत चुनाव प्रचार गर्न पाउँछन् ।
आम सभासहितको चुनाव प्रचार बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म मात्र गर्न पाइने प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले जानकारी दिए । उम्मेदवारहरुले आफ्नो चुनावी घोषणा पत्रमा उल्लेख भएका बाहेक अन्य आश्वासन, प्रलोभन दिनसमेत पाउँदैनन् । आयोगले आचारसंहिता उल्लंघन नगरी र खर्चको सीमाभित्र रही चुनाव प्रचार गर्न राजनीतिक दल र उम्मेदवारहरुलाई स्मरण गराएको छ ।
आयोगले यसअघि आचारसंहिता उल्लंघन गरेका ७१ जनालाई व्यक्ति र संस्थालाई स्पष्टीकरण मागेको छ । तिनीहरुमाथिको कारबाही प्रक्रिया २५ गतेभित्र टुंगो लगाउने प्रमुख निर्वाचन आयुक्त थपलियाले जानकारी दिए ।

प्रकाशित मिति: बिहीबार, कात्तिक १७, २०७९  ०८:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार