डडेलधुराका चुनावी सभामा भाग लिन प्रधानमन्त्री देउवा धनगढी पुगे

बुधबार, कात्तिक १६, २०७९
Global Ime Bank

सुदूरपश्चिम । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा आज अपराह्न धनगढी पुगेका छन् । आसन्न चुनावमा डडेल्धुरा जिल्लाबाट प्रतिनिधिसभा सदस्यका प्रत्यासी कांग्रेस सभापति देउवा चुनावी प्रचारप्रसारका लागि भोलि कात्तिक १७ गते डडेल्धुरा जाने कार्यक्रम रहेको प्रधानमन्त्रीका कानुनी सहयोगी केशवराज जोशीले जानकारी दिए । उनले कात्तिक १७ देखि २० गतेसम्म डडेल्धुराका विभिन्न ठाउँमा हुने चुनावीसभालाई सम्बोधन गर्ने कार्यक्रम छ । उनी हेलिकप्टरमार्फत धनगढी पुगेका हुन् । देउवा धनगढी उपमहानगरपालिका–४ स्थित आफैँ निजी निवासमा बसेका छन् ।

प्रकाशित मिति: बुधबार, कात्तिक १६, २०७९  १८:४०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार