२४ घण्टामा थपिय ४८३१ कोरोना संक्रमित 

३५ जनाको मृत्यु
बिहीबार, वैशाख १६, २०७८

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा ४ हजार ८ सय ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको १२ हजार ५ सय ९७ पीसीआर परीक्षणबाट ४ हजार ८ सय ३१ जनामा कोरोना संक्रमण देखिएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख १७ हजार ५ सय ३० पुगेको छ । २४ घण्टामा ८८८ जना डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या २ लाख ८०,१६७ पुगेको छ । २४ घण्टामा ३५ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार २ सय ४६ पुगेको छ । हालसम्म पीसीआर परीक्षण २४ लाख ५८ हजार ५ सय ६५ पुगेको छ । आइसोलेसनमा ३४ हजार १ सय १७ र क्वारेन्टाइनमा ५९ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
 

प्रकाशित मिति: बिहीबार, वैशाख १६, २०७८  १८:५८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार