सर्वेन्द्र खनाल ; 'केपीकै पालामा महानिरीक्षक र केपीकै टिकटमा उम्मेदवार' 

संयोग वा राजनीति ?
सोमबार, कात्तिक ७, २०७९
Global Ime Bank

काठमाडौँ । सरकारले सर्वेन्द्र खनाललाई विसं.२०७४ चैत्र २९ मा नेपाल प्रहरीको महानिरीक्षकमा बढुवा ग¥यो । त्यति बेला नेकपा एमालेको सरकार थियो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले सर्वेन्द्र खनाललाई महानिरीक्षक पदमा बढुवा गर्ने निर्णय गरेको कुरा तत्कालीन सञ्चार तथा सूचनाप्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिएका थिए ।  बढुवाको यो निर्णयसँगै सर्वेन्द्र खनाल नेपाल प्रहरीका २६ औँ प्रहरी महानिरीक्षक बनेका थिए । 
२०७४ चैत्र २८ गते महानिरीक्षक प्रकाश अर्यालले अवकास पाएपछि २९ गतेबाट सर्वेन्द्र खनालले कार्यभार सम्हालेका थिए । प्रहरी महानिरीक्षक बढुवाको निर्णय लिनुअघि प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच छलफल भएको थियो । सोही छलफलपछि आईजीपीको टुंगो लगाउन मन्त्रिपरिषद् बैठक बोलाइएको थियो । 
प्रहरी महानिरीक्षकमा बढुवा भएका सर्वेन्द्र खनाल २०४६ माघ २९ मा  सशस्त्र प्रहरी सेवामा प्रवेश गरेका थिए । खनालको बढुवा प्रकरणमा निकै विवाद परेको थियो । महानिरिक्षकका लागि प्रहरीबीच एक प्रकारको प्रतिस्पर्धा नै चलेको थियो । सर्वेन्द्र खनाल नेपाल प्रहरीको महानिरीक्षक पदमा नियुक्त भएका थिए । 
महानिरीक्षक बढुवाका लागिसर्वेन्द्र खनाल, रमेश खरेल, पुष्कर कार्की र धिरु बस्नेत लाइनमा थिए । मन्त्रिपरिषद्को बैठकले सर्वेन्द्र खनानलाई महानिरीक्षक बनाएपछि यो निर्णयप्रति असन्तुष्ट जनाउँदै रमेश खरेलले राजीनामा दिएका थिए भने पुष्कर कार्कीले सरकारको निर्णयमाथि प्रतिक्रिया जनाएनन् । 
सर्वेन्द्र खनाल एमालेकै सरकार भएकै समयमा महानिरीक्षक हुनु र एमाले प्रवेशगरे केही दिन मै टिकट प्राप्त गर्नुलाई शंकाको विषयबाट हेरिएको छ । 
खनालको पारिवारिक पृष्ठभूमि नेपाली काँग्रेससँग निकट भएता पनि आइजीपी भएपछि काँग्रेससँगको दूरी बढेको थियो । महानिरीक्षकबाट सेवानिवृत्त भएपछि सर्वाेन्द्रको निकटता एमाले नेता महेश बस्नेतसँग भयो । तत्कालीन एमाले सांसद किसान श्रेष्ठ उनकै गृह जिल्लाका भएकाले उनीसँग पनि निकटता थियो । महेश तथा किसानसँगको निकटाले सर्वेन्द्रको एमाले अध्यक्ष केपी ओली निवास आउजाउ बाक्लिएको थियो । एक अन्तर्वार्तामा खनालले भनेका पनि छन् ,“उहाँको पालामा म आइजीपि नियुक्ति भएको हो, इन्पेक्टर देखिनै उहाँलाई चिन्छु, पहिला इन्स्पेक्टर हुदाँ पनि उहाँले मलाई न्याय दिनु भएको थियो ।” 
यी परिघटना नियल्दा सर्वेन्द्र केही समयअघि देखि नै नेकपा एमाले व अध्यक्ष केपी ओलीसँग नजिक थिए । उनी काठमाडौं, चितवन, बारा, नुवाकोट या तनहुँ मध्ये कुनै जिल्लाबाट चुनाव लड्ने चर्चा थियो । 
प्रहरी सेवामा रहँदा आफ्नो जिम्मेवारी पूर्ण रुपमा निभाउने परिचय बनाए पनि पार्टी प्रवेशको केही दिन भित्रै एमालेबाट टिकट प्राप्त गरेसँगै धेरैले आशंका गर्न थालेका छन्, एमालेप्रति उनी पदमा छँदा अलि बढिनै लोयल भएका रहेछन् । 
काठमाडौं क्षेत्र नम्बर ६ मा स्वतन्त्र चुनाव लड्ने घोषणा गरेका अब्दुस मिया एमाले प्रवेश गरेसँगै गोरखा २ बाट चुनाव लड्न गए । सोही क्षेत्रमा नेकपामा ओवादीका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ पनि चुनावी मैदानमा छन् । काठमाडौं क्षेत्र नम्बर ६  मा एमालेका तर्फबाट पूर्वमहानिरीक्षक सर्वेन्द्र उम्मेदवार भएका छन् । एमाले सरकार भएकै बेला प्रहरकिो उच्च पद महानिरीक्षक बनाइनु, अब्दुस मिया लड्ने भनि प्रचार गरिएको क्षेत्रमा सर्वेन्द्र खनाललाई राख्नु, अब्दुसलाई गोरखामा पठाउनु संयोग हो वा राजनीति ?
 

प्रकाशित मिति: सोमबार, कात्तिक ७, २०७९  १६:४९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार