नयाँ अनुहारको खोजीमा काठमाडौं–६ का मतदाता

शनिबार, कात्तिक ५, २०७९

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि दल तथा स्वतन्त्र उम्मेदवारले उम्मेदवारी मनोनयन गरेसँगै चुनावी सरगर्मी बढ्न थालेको छ । निर्वाचन आचारसंहिताले उम्मेदवारहरूलाई चुनावी प्रचार शैलीमा परिवर्तन गर्न निर्देशन दिएपछि यति बेला उम्मेदवारहरु सामाजिक सञ्जालमार्फत आफ्ना एजेण्डा प्रस्तुत गरिरहेका छन् । फेरिएको चुनावी प्रचार शैलीको उपयोग गर्नेमा युवा उम्मेदवारहरु अग्र पक्तिमा देखिएका छन् । त्यस्तै युवा मध्येका एक युवा उम्मेदवार हुन काठमाडौं निर्वाचन क्षेत्र नं ६ मा घन्टी चुनाव चिह्न लिएर चुनावी मैदानमा उभिएका शिशिर खनाल । 
 शिक्षा अभियन्ता तथा उद्यमी शिशिर काठमाडौं–६ बाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट घण्टी चिन्ह लिए उम्मेदवारी  दिएपछि मतदातालाई व्यक्तिगत रुपमा नै भेटि रहेका छन् । टिच फर नेपालमा लामो समय सम्म रही उनले शिक्षा क्षेत्रमा परिवर्तनकारी भूमिका खेलेका थिए । सार्वजनिक विद्यालयमा गुणस्तरीय शिक्षाका लागि क्रियाशील संस्था टिच फर नेपालका सह–संस्थापक पनि हुन् ।
एक महिनाभन्दा अघिदेखि मतदातालाई उनीहरुको आवश्यकता तथा समस्याका बारेमा सूक्ष्म रुपमा बुझ्न शिशिर खनाल काठमाडौं–६ को चुनावी क्षेत्रमा खटिँदै आएका छन् । चुनावी अभियानका क्रममा उनी विहानदेखि बेलुका सम्मै खटिने गरेका छन् । मतदाताहरु भेट्दा, पुराना नेताबाट जनताहरू दिक्क भइ नयाँ व्यक्तिको खोजी गरिरहेको आफूले पाएको शिशिरले शब्दपाटीलाई बताए । 
युवा मतदाताले नयाँ व्यक्तिप्रति आशा, विश्वास गरेको आफूले पाएकाले आफ्नो पक्षमा चुनावी माहेल बनेको शिशिरले बताए । बहुसंख्यक मतदाताहरुमा पार्टीका पुरानै नेतृत्वको विपक्षमा रहेको मैले पाएको छु उनले भने, ‘मतदाताको यो विचार मंसिर ४ सम्म नै कायम रहला भन्ने मेरो विश्वास छ ।’  मतदातासँगको भेटघाटलाई लिँदा आफू धेरै आशावादी रहेको उनले बताए । 
फुटुङ, काभ्रेस्थली, मनमैजु, गोंगबु लगायत क्षेत्रका बस्तिहरुमा बाटोघाटोको समस्या, खाल्डा खुल्डी सडक, खानेपानीको समस्या रहको छ । काठमाडौं भित्रका स्थानहरू भएता पनि मानिसहरूका सामान्य दैनिक जीवनका महत्वपूर्ण कुराहरूको परिपूर्ति हुन नसक्नु यो क्षेत्रको समस्या आफूले पाएको शिशिरले बताए । यसका साथै बढ्दो महङ्गीलाई लिएर पनि मतदाताहरु चिन्तित भएको र ठूला भनाउँदा दलहरुले बारम्बार सरकार रहे पनि मतदाताको जनजीविकाको सवालमा काम नगरेका  उनीहरुको गुनासो रहेको आफूले पाएको शिशिरले बताए । 
पुराना राजनीतिक दलहरूबाट दिक्क मतदाताहरुले विकल्पको खोजी गरिहरेको उनको बुझाइ छ । मानिसहरूका आवश्यकताहरू सामान्य प्रकारको रहेता पनि पूराना राजनीतिक दलहरूले उनीहरूका आवश्यकताहरूमा कुनै चासो नदेखाएको प्रति मतदाताको ठूलै गुनासो छ शिशिरले भने, पूराना राजनीतिक दलहरू प्रति रूष्ट मतदाताले नयाँ,  शिक्षित युवा उम्मेदवारको खोजी गरेका छन् । 
लामो समयदेखि शिक्षा क्षेत्रमा अनुभव बटुलेका खनालले प्रमुख एजेण्डाको रूपमा गुणस्तरीय शिक्षा, भ्रष्टचार मुक्त प्रशासन र उद्धमशील नेपाल र रोजगारीको सिजर्ना, स्वास्थ्थमा सबैको पहुँच, सरल र छरितो सरकारी सेवाको प्रवाहलाई बनाएका छन् । यसका साथै संस्कृतिलाई संरक्षण, सम्बर्धन र प्रवर्धन गर्नु पनि उनको प्रमुख एजेण्डा रहेको छ । 
यो क्षेत्रबाट सत्ता गठबन्धन दलका तर्फबाट साझा उम्मेदवारका रुपमा भीससेन दास प्रधान चुनावी मैदानमा छन् । नेकपा एमालेबाट सर्वेन्द्र खनाल, जनता समाजवादी पार्टीबाट मनोज आचार्य, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट विष्णु प्रसाद आचार्यलगाएतका उम्मेदवारहरू चुनावी प्रतिस्पर्धामा छन् । काठमाडैँ–६ बाट उम्मेदवारी दिएका मध्ये ११ जना स्वतन्त्र उम्मेदवार छन् । स्वतन्त्र उम्मेदवारहरु धेरै चुनावी मैदानमा रहेकाले काठमाडैँ–६ लाई बिशेष प्रकारबाट हेरिएको छ। यसको अन्तिम छिनोफानो मंसिर ४ को निर्वाचनले नै गर्नेछ । 

प्रकाशित मिति: शनिबार, कात्तिक ५, २०७९  ०७:०४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार