सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेपालमा विगत २४ घण्टामा १,३४३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । झन्डै ९,३०० जनाको परीक्षण गर्दा त्यति संख्यामा सङ्क्रमित फेला परेका हुन् । सो अवधिमा १३ जनाको कोभिड–१९ का कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । यो वृद्धिसँगै नेपालमा पुष्टि भएका संक्रमितको कुल संख्या २ लाख ३७ हजार ५०० नाघेको छ । तर पर्याप्त परीक्षण नभएकाले यो संख्याले नेपालमा कोरोनाभाइरस महामारीको वास्तविक अवस्था चित्रण गर्न नसक्ने धारणा विज्ञहरूको छ । स्वास्थ्य मन्त्रालयले बिहीवार अपराह्न प्रकाशित गरेको विवरणअनुसार अहिले नेपालभरि १५ हजार ७६६ जनामा सक्रिय संक्रमण छ । मन्त्रालयका अनुसार अहिलेसम्म देशभरि १ हजार ५५१ सङ्क्रमितको मृत्यु भएको छ । काठमाडौं उपत्यकाका तीन जिल्लामा धेरै संक्रमित फेला पर्ने क्रम अहिले पनि जारी छ । को हुन् सङ्क्रमित ? विभिन्न जिल्लामा संक्रमित फेला परेका हुन् । तीमध्ये ५३४ महिला र ८०९ पुरुष छन् । अहिले काठमाडौ. उपत्यकामा ५६१ संक्रमित भेटिएका छन् । काठमाडौंमा ६ हजार ३३७ जना सहित उपत्यकामा ८ हजार १९८ जना निको हुन बाँकी सङ्क्रमित छन् । काठमाडौंमा ४ सय ५५, भक्तपुरमा २६ र ललितपुरमा ८० जना नयाँ संक्रमित थपिएका छन् । बिहीबार देशभर १३ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार उपत्यकामा ७ सय २३ जना संक्रमित थपिएका थिए । देशभरि भएका सक्रिय संक्रमितमध्ये १० हजार २७१ जना घरमै एकान्तवासमा छन् ।