स्वतन्त्र उमेदवारहरुको जितको अर्थ

मंगलबार, असोज २५, २०७९

गएको बैशाख ३० मा सम्पन्न स्थानीय निर्वाचनमा देशका प्रमख तीन शहरमा प्रमुख पदमा आशलाग्दा स्वतन्त्र ब्यक्तिहरु मेयर पदमा बिजयी हुनु भएको छ । ढिलै भए पनि सर्बप्रथम त हार्दिक बधाई तथा कार्यकालको सफलताको शुभकामना । नेपालमा राम्रो काम गर्नेको स्थान छैन किनभने यहा सतिले सराप दिएकी छन् । काम शुरु गर्न नपाउँदै बिभिन्न चर्चा शुरु हुन थालेका छन् । यहा एक्लो बृहस्पती झुट्टा भन्ने शाश्वत शक्ति भए लागि खुटा नकमाउनु होला । तपाईहरुका मतदाता वाहेक लाखौ लाख देशका सच्चा नागरिकहरु साथमा रहने छन् । केही सीमित ब्यक्तिहरुको लहडमा देशलाई संघीयतामा लैजान खोज्दा एक्ला चित्र बहादुर के.सी.ले संसदको पहिलो बैठकमा बहिदार हुन सजिलो छ बही बुझाउन गाह्रो छ भनेर संघीयता देशले धान्न सक्दैन भनेका थिए आज देशको दुराबस्था हेर्दा संघीयताको खारेजीको माग ब्यापकरुपमा उठिरहेको छ ।

जनमत गर्ने हो भने चित्र बहादुर के.सी.को भनाईले बिजय पाउनेछ । नेपालमा भएका नेताहरु जनताका अगाडि ठुला ठुला कुराको भाषण गर्ने, देश र जनताको लागि सिन्को नभाच्ने, कोही आाफ्नो सम्पत्ति दान दिए भन्ने, कोही कुर्चीमा बसेर होइन भुइमा बसेर जनताको सेवा गर्छु भन्ने आफू मन्च र हेलिकोप्टर नछाड्ने, कोही आफू मात्रै योग्य अरु चाँहि बिजयी हुने जति नानीमैया दाहाल हुन्‍ भनी तुलना गर्ने, यस्तै देशमा लागेका यी धमिराले देश सखाप पारेका छन् तिनीहरुलाई नाँगेझार पार्नको लागि खुट्टा नकमाई ५ बर्ष आफ्नो अमुल्य समय जनताको लागि अर्पण गरौं, काममा बाधा बिरोध गरे जनतालाई सुसुचित गराउ जनता जाग्नेछन् ।

जलश्रोतको धनी देश, जनता पानी खान नपाएर काकाकुल, सिचाई नभएर खेतबारी बाँझै, नेपालका जडीबुटी बिदेशमा लगेर कौडीको भाउमा बेच्ने, यहाँ हामीले ट्याव्लेट सयौं हालेर किनेर खानुपर्ने, नेताहरु टाउको दुख्दा औैषधि गर्न बिदेश जाने सुत्केरी महिलाले बच्चा पाउन नसकेर मर्नुपर्ने, ज्वरोको बिरामीले सिटामोल खान नपाउने, अस्पतालको मुख नदेखी मर्नुपर्ने भयाबह अवस्था छ। जननेता मदन भन्डारीले लागि स्वीकारेका एउटा राजालाई फालेर आठ वटा राजा भए, जनताले गरिबी, महँगी, बेरोजगारी, असुरक्षा, आतंक, हत्या, हिँसा, बलात्कारको सामना गर्नुपरेको छ। गणतन्त्रले ल्याएका राजाको सान, रवाफ, खर्च, सवै गरिव जनताले ब्यहोर्नु परेको छ ।

सर्बहाराको नारा दिने, लवाई खुवाई कमाई शोषक सामन्तको दुई चार बाहेक कुन नेताले बाबु बाजेको सम्पत्तिले राजनीति गरेको छ जनताले जानकारी पाउनु पर्‍यो । नेपाल देश गरिब छैन। गरिव बनाए नेताले । देशको आम्दानीले नै देश चलाउन बिकास गर्न सकिन्छ तर बिकास नेतालाई चाहिएको छैन। जनताको हातमा अधिकार र ढुकुटी छैन । अब हर्क साम्पाङ, बालेन्द्र शाह जस्ता युवा जाग, राज्यले दिएको सुबिधा लेउ, जनताको आधारभूत आबश्यकता पूरा गर्ने प्रण गर, राज्यको दोहन नगर, जनताबाट उचित कर लेउ जनता तिर्न तयार छन्‍ । तर ब्वासाहरुले अबरोध गर्ने छन् । अबरोध गरेको कुरा जनतालाई सुनाउ, जनता जाग्छन् । कुरा होइन काम गर इतिहासले मूल्याङ्कन गर्ने छ । चिलाउनेको बिरुवा रोपेर सुन्तला फल खान खोज्ने हामी नेपाली मतदाताहरुले कुरा बुझ्न ढिला भईसकेकोछ।

310675312_1271117330391685_8490147761888983739_n1665479902.jpg

देशमा महँगी, भ्रष्टाचार ब्याप्त छ। नेतालाई मत दिएर जिताउने जनता रोग, भोक र शोकले अकाल मृत्युबरण गर्न बाध्य छन् । नेताहरु मोटाएर सुकिला लुगा लगाएर चिल्ला गाडीमा सयर गर्दै मन्चमा उभिएर मिठा, गुलिया भाषण गर्दछन् । हामी मतदाताहरु तीनका भाषणलाई समर्थन गर्दै ताली पड्काउँछौं । देशमा नेताहरु नाँगै हिडे पनि हामी अन्धा मतदाताहरु आहा कति राम्रो पहिरन भनेर गुणगान गाउँछौं । तर अब नेपाल आामाले बिस्तारै जन्माउँदै छिन् बालेन्द्र शाह, हर्क साम्पाङहरु । तर यतिले मात्र हुँदैन कम्तीमा लागि ७५३ वटा बालेन्द्र शाह र हर्क साम्पाङहरु जन्माउ नेपाल आमा, यति सन्तान जन्माउन तिमीलाई गाह्रो हुनेछ तिम्रो शरिर जिउमा भएका धमिराले जीर्ण बनाउने छन् । तर प्राणसम्म रह्यो भने तिमीले जन्माएका ती हर्क बालेनले तिम्रो स्याहारसुसार गरेर मजबुत बनाउने छन् । मलमन्त्री खेतीपातीको सिजन सकिए पछि मल खोज्ने निहुँमा बिदेश भ्रमणमा जाने, जग्गामन्त्री खेती बाझो राखे किसानलाई एक लाख जरिवाना गर्ने नियम बनाउने, अरु नेताहरु चुनावको सिट हिसाब गरेर बस्ने, हामी जनता केही छाक मासुभात, केही नगद र सानोतिनो जागिरको आश्वासनमा भुलेर दोहोर्‍याई तेहर्‍याई मत दिएर जिताएर पठाउँछौ। यी नेताहरुलाई पुन: मतदान गरी चिलाउनेको बिरुवा रोपेर सुन्तलाको फल खान नखोजौ ।

हाम्रो देशलाई बिकास र समृद्धिबाट उच्च शीखर पुर्‍याउने नारा दिई शासन गर्न पुगे पछि सत्ताको लोभ कुर्सीको मोहले भौतारिएर सम्मानित पदमा बसिसकेका नेताहरुले एक अर्कालाई सार्बजनिक स्थानमा बोल्दा ज्यादै अपमानित शब्द प्रयोग गरी गालीगलौज गरेको सञ्चार माध्यममा सुन्न पाइन्छ। यसले कसलाई फाईदा, कसलाई हानी गर्ला त्यो त समयले बताउला । स्वतन्त्र उमेदवारहरुको जितको श्रृखला कतै तपाईहरुका यस्तै व्यहोराको उपजको रुपमा कतै झांगिदै पो छ कि, समीक्षा गर्ने, सचेत बन्ने र आफूलाई करेक्सन गर्ने बेला कतै घर्की पो सक्यो कि?

 

प्रकाशित मिति: मंगलबार, असोज २५, २०७९  १४:५८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार