उम्मेदवारको पछिल्लो आँकडा

सोमबार, असोज २४, २०७९
Global Ime Bank

काठमाडौँ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ मनोनयनपत्र दर्ता भएका उम्मेदवारहरुको विवरण सूचना प्रणालीमा प्रविष्ट हुने क्रम जारी रहेको छ ।

निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट भएका आधारमा उम्मेदवारी पछिल्लो विवरण प्राप्त भएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार प्रतिनिधिसभातर्फ पुरुष दुई हजार दुई सय ६९ र महिला दुई हजार ३३  गरी कूल चार हजार तीन सय दुई जना उम्मेदवार रहेका छन् । 

यस्तै प्रदेशसभातर्फ पुरुष तीन हजार एक सय ३९, महिला दुई हजार ९६ र एक अन्य गरी कूल तीन हजार चार सय ३६ उम्मेदवार रहेका छन् । ती उम्मेदवारकाविरुद्ध आज सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिन सकिनेछ ।

प्रकाशित मिति: सोमबार, असोज २४, २०७९  १२:१७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार