चाडपर्वलाई लक्षित सचेतनामूलक कार्यक्रम (फोटो फिचर)

मंगलबार, असोज १८, २०७९

IMG-20221001-WA00401664843669.jpgरोट्र्याक कलव अफ बर्दिबास, नेपाल प्रहरी र ट्राफिक प्रहरीले  चाडपर्वलाई लक्षित गरी सचेतनामूलक कार्यक्रम आयोजना गरेका छन । 

IMG-20221001-WA00361664843460.jpgप्रहरी र रोडट्र्याक कलव अफ बर्दिबासका स्वयंसेवकहरुले यात्रा तथा सुरक्षामा ध्यान दिने उदेश्यले राजमार्गका यात्रु र स्थानीय व्यापारीलाइ पर्चा, पम्प्लेट वितरण गरेका हुन् । स्थानीय व्यापारीलाई पनि पसल पसलमा  पुगेर सुरक्षामा सचेत गराइएको थियो भने यात्रारत यात्रु, चालक, सचालक सवैलाइ रोकेर ट्राफिक नियमका समबन्धमा अवगत गराइएको थियो ।

IMG-20221001-WA00381664843551.jpgचाडपर्वमा चालक/सचालकले मादकपदार्थ सेवन गरेको थाहा पाएमा प्रहरीले तुरुन्त सम्पर्क गर्न यात्रुहरुलाइ अनुरोध गरेको छ । पाकेटमार, चोरी, डकैतीमा विशेष सावधान रहन अनुरोध गर्दै प्रहरीले त्यस्तो क्रियाकलाप भएको थाहा पाए तुरुन्त १०० नम्बरमा फोन गर्न सुचित गरेको छ । व्यापारीहरुलाई पनि मिति गुज्रेका सामान, अत्याधिक मुल्य नलिन सचेत गराइएको छ । 

IMG-20221001-WA00391664843562.jpg

IMG-20221001-WA00411664843668.jpg

IMG-20221001-WA00401664843669.jpg

प्रकाशित मिति: मंगलबार, असोज १८, २०७९  ०६:१४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार