मानव विकासबारे नयाँ कुरा पत्ता लगाउने वैज्ञानिकलाई चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार 

मंगलबार, असोज १८, २०७९

स्टकहोम ।  यस वर्षको चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार स्वीडेनका वैज्ञानिक स्वान्टे पाबोलाई प्रदान गरिने भएको छ। मानव प्रजातिको विकासक्रमसम्बन्धी काम गरेबापत पाबोलाई चिकित्साशास्त्रतर्फको पुरस्कार दिइने भएको हो ।  

मानव जातिको विलुप्त तर मानव जाति निकट पूर्वज प्रजाति नियनडर्थहको आनुवांशिक संकेत  पत्ता लगाएर असम्भव देखिने काम गरेकाले उनलाई पुरस्कार प्रदान गर्ने निर्णय गरिएको नोबेल पुरस्कार समितिले जनाएको छ । उनलाई १ करोड स्वीडिश क्रोनर प्रदान गरिनेछ । 

नोबेल कमिटीले भनेको छ, 'अहिले जीवित मानव र लुप्त भइसकेको होमिनिनहरूबीचको भिन्नता देखाउने आनुवंशिक फरक हाम्रा अगाडि राखिदिएर उनको अनुसन्धान हामी मानव विशिष्ट कसरी छौँ भन्ने पत्ता लगाउने आधार बनेको छ।'-एजेन्सी

प्रकाशित मिति: मंगलबार, असोज १८, २०७९  ०५:३१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार