लमजुङमा ७८ जनामा डेंगु संक्रमण

सोमबार, असोज १७, २०७९

लमजुङ ।  देशभर डेंगु संक्रमण बढेसँगै पछिल्लो समय लमजुङमा डेंगुको संक्रमण फैलिएको छ । स्वास्थ्य कार्यालय लमजुङका अनुसार  ८ सय २०  जनाको परीक्षण गर्दा जिल्लामा ७८ जनामा डेंगुको संक्रमण पुष्टि भएको छ ।  संक्रमण फैलिए तापनि यसको कारणबाट मानवीय क्षति नभएको जिल्ला स्वास्थ्य कार्यालय लमजुङले जनाएको छ ।

जिल्ला अस्पताल लमजुङका प्रमुख  हेमन्त श्रेष्ठका अनुसार डेंगु लाग्नुको मुख्य कारण जमेको फोहोर पानी र लामखुट्टेको टोकाइबाट सर्ने भएकाले डेंगुको रोकथामका लागि सरकारले देशभर नै लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान थालेको बताए ।

प्रकाशित मिति: सोमबार, असोज १७, २०७९  ०९:३६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार