सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । विगत २४ घण्टामा नेपालभरि १,४९० मानिसमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ३०० जनाको परीक्षण गर्दा त्यति संख्यामा संक्रमित फेला परेका हुन् । सो अवधिमा नौ जनाको कोभिड–१९ का कारण मृत्यु भएको छ । यो वृद्धिसँगै नेपालमा पुष्टि भएका संक्रमितको कुल संख्या दुई लाख ३६ हजार नाघेको छ । मन्त्रालयले बुधवार अपराह्न प्रकाशित गरेको विवरणअनुसार अहिले नेपालभरि १६ हजार ५४७ जनामा सक्रिय संक्रमण छ । तीमध्ये आधाभन्दा बढी घरमै होम आइसोलेशनमा छन् । मन्त्रालयका अनुसार अहिलेसम्म देशभरि १ हजार ५३८ संक्रमितको मृत्यु भएको छ । काठमाडौं उपत्यकाका तीन जिल्लामा धेरै संक्रमित फेला पर्ने क्रम अहिले पनि जारी छ । उपत्यकामा थपिए ७२३ संक्रमित २४ घण्टामा काठमाडौं उपत्यकामा थप ७२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पुष्टि हुनेमा ३२५ महिला र ३९८ जना पुरुष छन् । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ५३१, भक्तपुरमा ५८ र ललितपुरमा १३४ जना नयाँ संक्रमित थपिएका हुन् । हालसम्म पीसीआर परीक्षणको संख्या १७ लाख ५४ हजार ६३० छ भने २४ घण्टामा ८ हजार ३०० पीसीआर परीक्षण भएका छन् । देशभरी सक्रिय संक्रमितको संख्या १६ हजार ५४७ छ । क्वारेन्टाइनमा रहनेको संख्या ६०५ रहेको छ ।