वीरगञ्जका वडामा मेयर घरदैलो स्वास्थ्य अभियान सुरु

शनिबार, असोज १५, २०७९

पोखरीया । वीरगञ्ज महानगरपालिकाले नगरवासीको घरदैलोमै स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले ‘मेयर घरदैलो स्वास्थ्य कार्यक्रम’ अभियानका रुपमा अघि बढाइएको छ । गत भदौदेखि वडा नम्बर ३० बाट सो कार्यक्रम शुभारम्भ गरिएको हो ।
हालसम्म महानगरपालिका वडा ३०, ३१ र ३२ गरी तीन हजार एक सय ८२ स्थानीयवासीको जाँच गरिएको अभियानमा सहभागी चिकित्सक उमेश सर्राफले बताए । वडा ३२ मा एक हजार एक सय १० को स्वास्थ्य जाँच गरिएको छ । स्थानीय तहको निर्वाचनका बेला मेयर राजेशमान सिंहले गर्नुभएको चुनावी प्रतिबद्धताअनुसार, ‘मेयर घरदैलो स्वास्थ्य कार्यक्रम’ सुरु गरी निरन्तर जारी गरिएको मेयर सिंहले बताए ।
घरदैलोमै सबै खालका जाँच हुने गरी स्वास्थ्य सेवा पुगेपछि स्वास्थ्य जाँच गराउन आउने सेवाग्राहीको भीड लाग्ने गरेको अभियानमा सहभागी स्वास्थ्यकर्मी अनिसकान्त कुश्वाहाले जानकारी दिए । खासगरी वृद्धवृद्धा, गर्भवती तथा अन्य स्वास्थ्य समस्या भएका महिला कार्यक्रमस्थलमा जाँच्न आउने गरेको चिकित्सक जिन्नतुन नेशाले बताए ।
जाँचका लागि आउने स्थानीयवासीले ग्रामीण भेगबाट वीरगञ्ज आउजाउ गर्न आर्थिक खर्चलगायत अन्य व्यवस्थापनमा समस्या भइरहेको बेला घरआगनमै व्यवस्थित सम्पूर्ण सुविधासहित स्वास्थ्य जाँच सुविधा पाउँदा खुसी लागेको बताएका छन् । ‘मेयर घरदैलो स्वास्थ्य कार्यक्रम’ मा नगरवासीलाई चिकित्सकीय परामर्श, प्रयोगशाला सेवा तथा औषधि निःशुल्क वितरण भइरहेको छ । घरदैलो स्वास्थ्य अभियान ३२ वटै वडामा सञ्चालन गरिने जनाइएको छ ।

प्रकाशित मिति: शनिबार, असोज १५, २०७९  ०६:४९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार