निर्वाचन बहिस्कार गर्ने नेकपा बहुमतकाे निर्णय

शुक्रबार, असोज १४, २०७९

महोत्तरी  । नेपाल क म्युनिष्ट पार्टी ( बहुमत)ले देशलाइ सिक्किमिकरण र फिजिकरण हुनबाट जोगाउने भन्दै आसन्‍न निर्वाचन बहिस्कार गर्ने निर्णय गरेकाे छ । मधेश प्रदेशको ब्युरोस्तरीय प्रशिक्षण भेलाले संसदवादी निर्वाचनलाई हरहालतमा रोक्नुपर्ने निष्कर्ष निकालेको हाे । यसअघि नवौँ महाधिवेशन आयोजक समितिको तेस्रो पूर्ण बैठकले ४ मंसिरको  चुनाब अवज्ञा गर्ने निर्णय काठमाडौंमा पत्रकार सम्मेलन गरि सार्वाजनिक गरेको थियो ।

महोत्तरीको बर्दिबासमा भएको ब्युरोस्तरीय प्रशिक्षण भेलाका प्रमुख अथिति चित्रबहादुर आलेले ४ मंसिरको निर्वाचन जनता ठग्न र झुक्याउन गरिएको व्यवस्थाकाे निरन्तरता रहेकाे आराेप लगाए ।केन्द्रीय सल्लाहकार समितिका सदस्य समेत रहेका आलेले कम्युनिष्ट भनेको आफूहरुमात्र भएको दाबी गर्दै प्रचण्डहरू कांग्रेसको शरणमा विलय भएको जिकिर गरे ।धर्मेन्द्र वास्तोला नेतृत्वको नेकपा कम्युनिष्ट पाटी (बहुमत)ले अब देशमा कम्युनिष्ट र कांग्रेसको नैतिकता सकिसकेको हुनाले क्रान्तिलाई रोज्नुपर्नेमा पनि नेताहरुले बताए ।

 

प्रकाशित मिति: शुक्रबार, असोज १४, २०७९  १२:२४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार