सालकको खपटासहित काठमाडौंबाट दुई जना पक्राउ

शुक्रबार, असोज १४, २०७९

काठमाडौं ।  प्रहरीले सालकको खपटासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुलीको गालञ्जोर गाउँपालिका-४ का ५५ वर्षीय यमबहादुर कामी र फिक्कल गाउँपालिका-४ का २८ वर्षीय रत्नबहादुर मगर रहेका छन् ।

गोप्य सूचनाको आधारमा बिहीबार दिउँसो खटिएको सिआइबीको टोलीले साढे दुई केजी सालकको खपटासहित उनीहरूलाई काठमाडौंको पेप्सीकोलाबाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, असोज १४, २०७९  ०४:३०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार