एपीएफ र एसएसबीबीचको समन्वयात्क बैठक सम्पन्न

बिहीबार, असोज १३, २०७९

काठमाडौं ।  सशस्त्र प्रहरी बल, नेपाल (एपीएफ) र भारतको सशस्त्र सीमा बल (एसएसबी) बीच भएको छैठौं समन्वयात्मक बैठक बिहीबार सम्पन्न भएको छ । असोज ११ गतेबाट सशस्त्र प्रहरी बल मुख्यालय हल्चोकमा सुरु भएको सो बैठकको बिहीबार सम्झौतापत्रमा हस्ताक्षर भएको हो । बैठकमा सशस्त्र प्रहरी बल, नेपालको तर्फबाट सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल तथा भारतको सशस्त्र सीमा बलको तर्फबाट महानिर्देशक सुजय लाल थाओसेनले नेतृत्व गरेका थिए ।बैठकमा सीमा सुरक्षालाई थप प्रभावकारी बनाउँदै लैजाने, सीमापार अपराध नियन्त्रण गरी सीमा सुरक्षालाई थप सुरक्षित बनाउन दुई सुरक्षा निकायबीच निरन्तर समन्वय र सहकार्य तथा सूचना आदनप्रदान गर्ने सहमति भएको छ । यसका साथै सीमा नाकामा हेल्प डेस्क स्थापना गर्ने कार्यलाई निरन्तरता दिँदै सीमा क्षेत्रमा प्रभावकारी कार्य गर्ने सहमति भएको छ ।

प्रकाशित मिति: बिहीबार, असोज १३, २०७९  १८:५२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार