शताब्दी पुरुषको स्वास्थ्य अवस्थाबारे जानकारी

बिहीबार, असोज १३, २०७९

काठमाडौँ ।  राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य लाभको कामना गरेका  छन्   । जोशी उपचाररत किष्ट अस्पताल पुगेर उनले स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै स्वास्थ्य लाभको कामना गर्नुभएको अध्यक्ष तिमिल्सिनाको सचिवालयले जनाएको छ । जोशी पिसाब र डेङ्गु सङ्क्रमणका कारण ललितपुरस्थित किष्ट शिक्षण अस्पतालमा उपचाररत  छन्  । शताब्दी पुरुष जोशीको स्वास्थ्यमा सुधार आइरहेको अस्पतालले जानकारी दिएको छ ।   

प्रकाशित मिति: बिहीबार, असोज १३, २०७९  १८:०७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार