थपिए ४५ जना कोरोना संक्रमित 

बिहीबार, असोज १३, २०७९

काठमाडौं  । पछिल्लो चौबिस घण्टामा देशभर कोरोना भाइरसको ४५ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ६७८ जनाको स्वास्थ्य परिक्षण गर्दा उक्त संख्यामा कोरोना संक्रमण भएको पाइएको हो । बितेको चौबिस घण्टामा १ हजार ३०७ जनाको पीसीआर र १ हजार ३७१ जनाको एन्टीजेन विधिबाट कोरोना परिक्षण गरिएको थियो । उक्त समयमा ७० जना कोरोना संक्रमित निको भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हाल देशमा सक्रिय कोरोना भाइरस संक्रमितको संख्या १ हजार ७७ रहेको छ ।  

प्रकाशित मिति: बिहीबार, असोज १३, २०७९  १६:४९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार