समाजवादीका नेता नन्दसिंह बुढा पुनः एमालेमा 

बिहीबार, असोज १३, २०७९

 सुर्खेत  ।   कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री पाउनका लागि फ्लोर क्रस गरेका नेकपा समाजवादी केन्द्रका नेता नन्दसिंह बुढा एमालेमा प्रवेश गरेका छन् । उनी नेकपा एकीकृत समाजवादीका डोल्पा जिल्ला अध्यक्ष एवं केन्द्रीय सदस्य  रहेका थिए ।  बिहीबार एमाले महासचिव शकंर  पोखरेलले उनलाई स्वागत गरेका हुन् ।  टेलिफोनमा कुरा गर्दै उनले आफु पुरानै घरमा फर्किएको बताए । समाजवादीका अधिकांश नेतालाई नेकपा एमाले भएको आरोप डोल्पामा लाग्दै आएका थियो ।प्रदेशसभाको टिकट दिने प्रतिवद्धता भएपछि उनी एमालेमा फर्किएको स्रोतले बताएको छ । पछिल्लो समयमा डोल्पाका हरेक पार्टीका गतिविधिमा बुढाले एकलौटी गरेका भन्दै अर्का नेता हंसबहादुर शाही रुष्ट हुँदै आएका थिए । 

प्रकाशित मिति: बिहीबार, असोज १३, २०७९  १५:२६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार