आज प्रदेश १, मधेश र बागमतीका एक-दुई स्थानमा वर्षाको सम्भावना

शनिबार पनि पहाडी भूभागमा हल्का वर्षाको सम्भावना
बिहीबार, असोज १३, २०७९

काठमाडौं । आज मुलुकका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १, मधेश र बागमतीका एक-दुई स्थानमा वर्षाको सम्भावना रहेको छ ।

राति प्रदेश १ र बागमतीका एक-दुई स्थानमा हल्का वर्षाको आकलन गरिएको छ ।

शुक्रबार पहाडी भूभागका एक-दुई स्थानमा वर्षाको सम्भावना रहेको छ । शनिबार पनि पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।  

प्रकाशित मिति: बिहीबार, असोज १३, २०७९  ०८:५४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार