एमाले नेता पाण्डेलाई मातृशोक

बिहीबार, असोज १३, २०७९

काठमाडौं । नेकपा (एमाले) नेता सुरेन्द्र पाण्डे र बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेलाई मातृशोक परेको छ । उनीहरूकी ८७ वर्षीया आमा मनमाया पाण्डेको आज बिहान निधन भएको हो ।

sur1664420829.PNG

सुरेन्द्रले सामाजिक सञ्जालमा जनाए अनुसार उनका कान्छा भाइ दीपेन्द्रले बिहान ४ः१५ बजे फोन गरेर आमाको निधन भएको खबर गरेका थिए ।  चितवनमा रहेका सुरेन्द्र काठमाडौं हिँडेका छन् । 

मुख्यमन्त्री पाण्डे पनि हेटौंडाबाट काठमाडौं हिँडेका छन् । 

प्रकाशित मिति: बिहीबार, असोज १३, २०७९  ०८:४८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार