लोसपाकी चन्दा चौधरी कांग्रेसमा प्रवेश 

बुधबार, असोज १२, २०७९

काठमाडौं  । लोकतान्त्रिक समाजवादी पार्टीकी नेतृ चन्दा चौधरी नेपाली कांग्रेसमा प्रवेश गरेकी छन् । कांग्रेस सभापति शेरबहादुर देउवा र नेतृ तथा देउवा पत्नी आरजु राणा देउवाले चौधरीलाई कांग्रेसमा स्वागत गरेर भित्र्याएका हुन् । चौधरी लोसपाकी निवर्तमान सांसद तथा पूर्वमन्त्रीसमेत हुन् ।  आगामी निर्वाचनमा सर्लाही-४ बाट उठ्ने गरी कांग्रेस प्रवेश गराइएकाे स्राेतले जनाएकाे छ । उक्त क्षेत्रबाट अमरेशकुमार सिंहले जितेका थिए । तर, यसपटक  सिंह सिफारिसमै परेका छैनन् । 

जसपाका कार्यकारिणी सदस्य कार्कीद्वारा पार्टी परित्याग

जनता समाजवादी पार्टी (जसपा) नेपालका कार्यकारिणी सदस्य युवराज कार्कीले पार्टी परित्याग गरेको जनाएका छन् । विराटनगरमा बुधबार पत्रकार सम्मेलन गरी आफूले पार्टी परित्याग गरेको जनाएका हुन् ।

कार्कीले जसपाको पार्टी परिचालनको कार्यशैली समिति प्रणालीमा नभई अलोकतान्त्रिक सर्वसत्तावादी प्रवृत्तिबाट सञ्चालित रहेको आरोप लगाए । उनले पार्टी स्वेच्छाचारी रूपमा सञ्चालन गरिएको र खस आन्दोलनलाई धोकादिने काम भएकोले आफूले पार्टी परित्याग गरेको बताए । 

१० वर्ष अघि सो पार्टी जसपामा समाहित भएको थियो । जसपा पार्टी परित्याग गरेपछि अब उपरान्त आफूले विगतमा उठाउँदै आएका मुद्दाहरूलाई थप प्रभावकारी रूपमा अगाडि बढाउँदै राष्ट्रिय मुक्तिको अभियानमा जुट्ने उनले बताएका छन् ।

प्रकाशित मिति: बुधबार, असोज १२, २०७९  १८:०३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार