पूर्वाञ्चल क्यान्सर अस्पताल र अनुप्रस्थाबीच उपचारका लागि सम्झौता

बुधबार, असोज १२, २०७९

बनियानी  ।   झापाको बिर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पताल र अनुप्रस्था फाउण्डेशनबीच विपन्न क्यान्सर रोगीको निःशुल्क उपचारका लागि सम्झौता भएको छ । अर्थाभावका कारण क्यान्सर रोगको उपचारबाट बञ्चित नागरिकको निःशुल्क उपचार गर्ने उद्देश्यले अस्पताल र फाउण्डेशनबीच सम्झौता भएको हो । मङ्गलबार अस्पताल परिसरमा आयोजित एक कार्यक्रममा दुवै पक्षले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । अनुप्रस्था फाउण्डेशनका नीरन शाहीले अर्थाभावमा कोही पनि मर्नुपर्ने अवस्था नहोस् भन्ने उद्देश्यले अस्पतालसँग सम्झौता गरिएको बताए । “विपन्न नागरिकले उपचारको पहुँच नहुँदा अकालमै मर्नुपर्ने अवस्था छ”, उनले भने , “जो उपचारको पहुँचभन्दा टाढा छन्, उनीहरूको सेवा गर्नु हाम्रो मूल उद्देश्य हो ।” अस्पतालका डा निराजन प्रसाईँले फाउण्डेशनमार्फत सिफारिस भएर आउने बिरामीको रु ७० लाखसम्म निःशुल्क उपचार गरिने जानकारी दिए  । क्यान्सर रोगविरुद्ध लामो समयदेखि आफूहरूले काम गर्दै आएको र सामाजिक उत्तरदायित्वअन्तर्गत अनुप्रस्था फाण्डेशनसँग निःशुल्क उपचारको सम्झौता गरिएको उन्ले बताए  ।

आफ्नै ब्याण्ड रहेको अनुप्रस्थाले राष्ट्रिय–अन्तर्राष्ट्रिय मञ्चमा साङ्गीतिक प्रदर्शनीका क्रममा अस्पतालको प्रचार–प्रसार गर्ने र अस्पतालले एक वर्षमा अनुप्रस्थामार्फत सिफारिस भएर आएका विपन्न क्यान्सर रोगीको निःशुल्क उचपार गर्ने सम्झौतापत्रमा उल्लेख भएको अस्पतालका सूचना अधिकारी प्रमिश गिरीले जानकारी दिए  । अस्पतालले हालसम्म एक हजार तीन सय नौ क्यान्सर रोगीको पहिचान गरी उपचार सहुलियतका लागि सिफारिससमेत गरेको उनले बताए  ।  रासस 
 

प्रकाशित मिति: बुधबार, असोज १२, २०७९  १२:३४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार