शीर्षदलहरुको  घोषणापत्रमा पत्रकार महासंघको चासो

सोमबार, असोज १०, २०७९

  काठमाडौं । नेपाल पत्रकार महासंघले पत्रकारिताका मुद्दाहरू दलका घोषणापत्रमा समावेश गर्न राजनीतिक दलका शीर्ष नेतृत्व र घोषणापत्र तयार गर्ने समिति वा कार्यदलसँग भेटेर छलफल गर्ने भएको छ ।  महासंघका महासचिव रोसन पुरीले जारी गरेको विज्ञप्तिमा दलका घोषणापत्रहरूमा आमसञ्चारको क्षेत्रलाई कसरी सम्बोधन गरिएको छ भन्ने कुरालाई नेपाल पत्रकार महासंघले गम्भीर चासोका साथ हेरिरहेको उल्लेख गरिएको छ ।  आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्नो घोषणापत्र तयार पारिरहेका छन् । “संविधानसभाबाट जारी नेपालको संविधानले प्रत्याभूत गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, नागरिक अधिकार, नेपाली सञ्चार क्षेत्रले उपभोग गर्दै आएको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र यसका विश्वाव्यापी मूल्य, मान्यता अनुरूप दलहरूले घोषणपत्रमार्फत आफ्ना प्रतिबद्धताहरू सम्बोधन गरुन् भन्ने आग्रह र अपेक्षा महासंघले राखेको छ,” विज्ञप्तिमा भनिएको छ ।        

   
 
 

प्रकाशित मिति: सोमबार, असोज १०, २०७९  १५:१७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार