फिलिपिन्समा आँधीः हजारौँलाई सुरक्षित क्षेत्रमा लगियो

सोमबार, असोज १०, २०७९

मनिला  ।  फिलिपिन्सको पूर्वी टापुमा आएको सुपर टाइफुनपछि हजारौं मानिसलाई सुरक्षित क्षेत्रमा लगिएको छ । आँधीपछि उक्त क्षेत्रका विद्यालय तथा सरकारी कार्यालयहरू बन्द गरिएको छ ।टाइफुन नोरुले देशको ११ करोड जनसंख्याको आधाभन्दा बढी जनसंख्या बसोबास गर्ने प्रमुख टापु लुजोनमा २४० किलोमिटर प्रतिघण्टा (१४९ माइल प्रतिघण्टा) सम्मको आँधी आएको छ ।  लुजोनको पश्चिमी भूभागमा पुगेपछि आँधीले ‘विस्फोटक तीव्रता’ अनुभव गरेको  मौसमविद्हरूले बताएका छन् । आँधीले पहिरो, अचानक बाढी र खतरनाक आँधीबेहरी निम्त्याउन सक्ने चेतावनी दिइएको छ ।प्रभावित क्षेत्रका ८४ हजारभन्दा बढी मानिसहरूलाई सुरक्षित क्षेत्रमा सारिएको छ भने राजधानी मनिलाका क्षेत्रहरूमा गम्भीर बाढी को चेतावनी दिइएको छ ।  
 

 

प्रकाशित मिति: सोमबार, असोज १०, २०७९  १२:२५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार