चाडबाडका बेला गण्डकी प्रदेशमा तीन सय ६० प्रहरीले सुरक्षा दिने, बन्यो रणनीति

सोमबार, असोज १०, २०७९

पोखरा,   ।  चाडपर्वका बेला हुने सडक दुर्घटना न्यूनीकरणका लागि गण्डकी प्रदेशभर चेकजाँच र उद्धारमा जोड दिइएको छ । चाडपर्वको समय अवधिभर ६७ ठाउँमा स्थायी ड्युटी हुनेछ भने ५१ ठाउँमा नियमित चेकिङ गरिने छ । २८ ठाउँबाट मादक पदार्थ सेवन गरे नगरेको जाँच गरिने छ । गण्डकीका ११ जिल्लाका ३३ ठाउँमा यात्रु सहायता कक्ष राखिने ट्राफिक प्रहरीले जनाएको छ ।१५ वटा मोवाइल गस्ती, १२ वटा क्यूआरटी परिचालन हुनेछ भने १२ वटा राजमार्ग र ग्रामिण गस्ती गरिने छ । विपद् उद्धारका लागि १२ वटा टोली खटाइने छ । सबै कामका लागि तीन सय ६० जना ट्राफिक प्रहरी परिचालन हुने प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक इन्द्रप्रसाद सुवेदीले जानकारी दिए ।चाडपर्वमा सवारी दुर्घटना बढी हुने भन्दै त्यसलाई न्यूनीकरण गर्न समयमै सचेतनाका कार्यक्रम आयोजना गर्न लागिएको उनले बताए । पछिल्लो समय सवारीसाधनको प्रयोगबाट अपराध धेरै हुने गरेको भन्दै नियन्त्रणलाई जोड दिइएको छ ।

प्रकाशित मिति: सोमबार, असोज १०, २०७९  १२:१७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार