पत्रकार दबू ललितपुरको अध्यक्षमा मञ्जु बज्राचार्य निर्वाचित

शनिबार, असोज ८, २०७९

 ललितपुर  । नेवाः पत्रकार राष्ट्रिय दबू ललितपुर शाखाको अध्यक्षमा मञ्जु बज्राचार्य निर्वाचित भएकी छन्  ।२०५४ सालदेखि सञ्चारको श्रृव्य विधामा सक्रिय रहेकी  बज्राचार्य शनिबार सम्पन्न शाखाको तेस्रो अधिवेशनबाट अध्यक्षमा निर्वाचित भइन् ।  कार्यसमितिको उपाध्यक्षद्वय लक्ष्मीकुमारी श्रेष्ठ, सुनीता बाटाजु, सचिवमा पूर्णिमा शाक्य, सहसचिवमा कुसुम शाक्य र कोषाध्यक्षमा कल्पना महर्जन रहेका छन्  । त्यस्तै कार्यसमितिमा बाबुकाजी महर्जन ‘जल्मी’ पवित्रकुमार महर्जन लगायत रहेका छन् ।कार्यसमितिमा निर्वतमान अध्यक्ष सागर महर्जन छन्  । त्यसैगरी केन्द्रीय सभासद्मा सागर महर्जन, विश्वन्तर शाक्य,सुविनकुमार श्रेष्ठ, विकास माली र अनुप महर्जन चयन भएका छन्  । निर्वाचित हुनेलाई निर्वाचन अधिकृत एवं पत्रकार राष्ट्रिय दबूका केन्द्रीय वरिष्ठ उपाध्यक्ष नृपेन्द्रलालले प्रमाणपत्र वितरण गरे  ।    
 

प्रकाशित मिति: शनिबार, असोज ८, २०७९  १८:२५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार