‘लेनिल पिक’मा लालबहादुर जिरेलले फहराए युवा संघको झण्डा

सोमबार, भदौ २७, २०७९
Global Ime Bank

काठमाडौं,  । नेकपा (एकीकृत समाजवादी)निकट युवा संघ नेपालको ताराअंकित झण्डा किर्गिस्तानको ‘लेनिन पिक’मा फहराइएको छ । दोलखा जिरीका आरोही लालबहादुर जिरेलले युवा संघको ताराअंकित झण्डा लेनिल पिकमा फहराएका हुन् । एक महिनाअघि संघको केन्द्रीय कार्यालय बुद्धनगरमा आयोजित कार्यक्रममा अध्यक्ष नरेश शाहीले आरोही जिरेललाई संघको झण्डा हस्तान्तरण गरेका थिए । 

सर्वाेच्च शिखर सगरमाथासहित साना–ठूला थुप्रै हिमालको सफल आरोहण गरिसकेका आरोही जिरेलले एकीकृत समाजवादीको बागमती प्रदेश सम्पर्क समन्वय कमिटीका सदस्यसमेत हुन् । उनले मनास्लु, डवलम, पुमरी, मेरा पिक, सिंगा चुली, टेनपिक, दम्पोस पिक, लार्के पिक, अम्विगेप्चेन, आइसल्याण्डपिक, लवुजेपिक, सोलु पिक, लाङसिसरी, नयाँकाङ, एलापिक, रमुदङ, खाम्सेकुलगायत २६ बढी हिमाल रोहण गरिसकेका छन् । 
 

प्रकाशित मिति: सोमबार, भदौ २७, २०७९  १७:३६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार