म्यानमार र मलेसियाका राजदूतलाई शपथ

सोमबार, भदौ २७, २०७९

काठमाडौँ,  । राष्ट्रपति विद्यादेवी भण्डारीले दुई राजदूतलाई पद तथा गोपनीयताको शपथ गराएकी  छन्  । उनले आज राष्ट्रपतिको कार्यालयमा आयोजित एक समारोहमा म्यानमारका राजदूत हरिश्चन्द्र घिमिरे र मलेसियाका राजदूत डिल्लीराज पौडेललाई पद तथा गोपनियताको शपथ गराएकाे  राष्ट्रपतिको कार्यालयले जनाएको छ । सो अवसरमा परराष्ट्रमन्त्री डा नारायण खड्कालगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरु उपस्थिति रहेको थियो  ।
 

प्रकाशित मिति: सोमबार, भदौ २७, २०७९  १५:४६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार