राजमार्गमा फेला परेको अजिङ्गरको उद्धार

सोमबार, भदौ २७, २०७९

दमौली । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ जलविरेमा फेला परेको अजिङ्गरको उद्धार गरिएको छ । मुग्लिन पोखरा सडक विस्तारका क्रममा फेला परेको अजिङ्गरलाई डिभिजन वन कार्यालय तनहुँले उद्धार गरेको हो ।  

सडक आयोजनाअन्तर्गत काम गरिरहेका कामदारले अजिङ्गर देखा परेपछि डिभिजन वन कार्यालय तनहुँमा खबर गरिएको थियो । वनको टोलीले अजिङ्गरलाई उद्धार गरी डिभिजन वन कार्यालयको खोरमा सुरक्षित राखेको डिभिजन वन प्रमुख कोमलराज काफ्लेले जानकारी दिए । 

उक्त अजिङ्गरको तौल १० केजी र लम्बाइ ६.५ फिट रहेको छ । अजिङ्गरलाई वनमा लगेर सुरक्षितरुपमा छाडिने उनले बताए । 

प्रकाशित मिति: सोमबार, भदौ २७, २०७९  १४:४८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार