उज्यालो चाँगुनारायण अभियानका लागि विद्युत् प्राधिकरणकाे साथ खाेज्दै नगरपालिका

प्राधिकरण प्रमुख कुलमान घिसिङ र चाँगुनारायण नगर प्रमुख जीवन खत्रीबीच भेट
सोमबार, भदौ २७, २०७९

भक्तपुर । नेपाल विद्युत् प्राधिकरणका प्रमुख कुलमान घिसिङसँग चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले उज्यालो चाँगुनारायण अभियानमा सहयोग गर्न आग्रह गरेका छन् ।
आज प्राधिकरणका प्रमुख घिसिङ र नगरप्रमुख खत्रीबीच भएको भेटवार्तामा नगरप्रमुख खत्रीले चाँगुनारायण नगरपालिकालाई नमूना र उत्कृष्ट बनाउने योजना रहेको भन्दै नगरभित्रका धार्मिक तथा पर्यटकीय स्थलहरू जाने सडकहरूमा बत्तीको व्यवस्था गरी नगरपालिकाको अभियानलाई सघाउन आग्रह गरेका हुन् ।
उनले सडकमा जथाभावी लत्रिएका र अव्यवस्थित तारहरूले दुर्घटना निम्त्याइरहेको भन्दै त्यस्ता तारलाई व्यवस्थित गर्न र तारलाई जमिनमुनि राख्ने अर्थात् अन्डरग्राउन्ड गर्ने कार्य अगाडि बढाउन माग गरे ।
नगरप्रमुख खत्रीले नगरपालिकाले आगामी २०८२ सालमा पर्यटन वर्ष मनाउने घोषणा गरिसकेको भन्दै त्यसलाई सफल बनाउन पनि विद्युत्सम्बन्धी सबै व्यवस्थापनमा सहयोग गरिदिन आग्रह गरेका हुन् ।
भेटमा प्राधिकरणका प्रमुख घिसिङले नगरप्रमुख खत्रीलाई नगरपालिकाको अभियानलाई आवश्यक सहयोग र तारको व्यवस्थापनका लागि निर्देशन दिने बताउनुभएको नगर प्रमुख खत्रीका स्वकीय सचिव गोकर्ण पुरीले जानकारी दिए ।

 

प्रकाशित मिति: सोमबार, भदौ २७, २०७९  ०५:१३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार