मिडिया काउन्सिल विधेयकको त्रुटि संशोधन होस्   : प्रेस युनियन 

शनिबार, भदौ २५, २०७९

जनकपुर । नेपाल प्रेस युनियनले प्रस्तावित नेपाल मिडिया काउन्सिल विधेयकमा रहेका त्रुटि संशोधन गरेर मात्रै विधेयक पारित गर्न माग गरेको छ ।जनकपुरमा सम्पन्न केन्द्रीय समितिको दोस्रो बैठकले १० बुँदे जनकपुरधाम घोषणापत्र जारी गर्दै उक्त माग गरिएको हो । घोषणापत्रमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संविधान प्रदत्त अधिकार प्रतिकूल हुने गरि कुनै पनि प्रकारका नीति, नियम, ऐन, कानुन, नियमावली नबनाउन समेत उल्लेख गरिएको छ । संघीय संसदमा विचाराधीन मिडिया काउन्सिल विधेयकका केही प्रावधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको मर्ममा बाधा पुग्ने तथा प्रस्तावित मिडिया काउन्सिलको संरचनाबाट काउन्सिल स्वायत्त हुनेमा आशंका देखिएकाले त्यसलाई सच्याउन युनियनले माग गरेको हो ।  ।त्यस्तै, श्रमजीवी पत्रकारहरुको बक्यौता पारिश्रमिक तत्काल भुक्तानी गर्न, श्रमजीवी पत्रकार ऐनले प्रत्याभूत गरेका सबै सेवा सुविधा उपलब्ध गराउन नेपाल प्रेस युनियनले माग गरेको छ । साथै, घोषणापत्रमा श्रमजीवी पत्रकारहरुको सामाजिक सुरक्षाका लागि संचारप्रतिष्ठानहरुसँग कल्याणकारी कोष निर्माण गर्नुपर्ने उल्लेख गरिएको छ । यही मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा समाचार संकलन र सूचना सम्प्रेषणका लागि सञ्चारमैत्री वातावरण निर्माण गर्न निर्वाचन आयोगसँग युनियनले आग्रहसमेत गरेको छ । 

प्रकाशित मिति: शनिबार, भदौ २५, २०७९  १३:४०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार