नेपाली कांग्रेस बीपीका उपसभापति कर्ण मल्लले डडेलधुराबाट चुनाव लड्ने

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवालाई चुनौती
शनिबार, भदौ २५, २०७९
Global Ime Bank

काठमाडौं । नेपाली कांग्रेस बीपीका वरिष्ठ उपसभापति कर्ण बहादुर मल्लले डडेलधुराबाट प्रतिनिधि सभा प्रत्यक्षतर्फ उम्मेदवारी घोषणा गरेका छन् ।

बीपी कोइरालाको १०९औं जन्मजयन्तीको अवसरमा शुक्रबार डडेल्धुरामा आयोजित कार्यकर्ता भेलामा मल्लले डडेलधुराबाट चुनाव लड्ने घोषणा गरेका हुन् ।
नेपाली कांग्रेस बीपीको कार्यालय डडेल्धुरामा आयोजित भेलामा कांग्रेस बीपीका केन्द्रीय सभापति सुशिलमान शेरचनसमेत सहभागी थिए । मल्लले प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध प्रतिनिधि सभामा प्रत्यक्षतर्फ चुनाव लड्ने बताएका हुन् ।
कांग्रेसबाट कारबाहीमा परेका मल्ल केही समय अगाडि कांग्रेस बीपीमा प्रवेश गरेका थिए ।

 

प्रकाशित मिति: शनिबार, भदौ २५, २०७९  ०२:५०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार