ललितपुरमा माओवादी केन्द्रले संघ-प्रदेशका नौ सिटकै लागि उम्मेदवार सिफारिस

संघका लागि क्षेत्र नं ३ प्रदेशतर्फ क्षेत्र नं १ को क र ३ नं क्षेत्रको क नछाड्ने संकेत
बिहीबार, भदौ २३, २०७९
Global Ime Bank

ललितपुर ।नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि ललितपुरका ३ वटा प्रतिनिधिसभा र ६ वटै प्रदेशसभा सदस्यका लागि आकांक्षी उम्मेदवारहरुको नाम प्रदेश कमिटीमा सिफारिस गरेको छ । माओवादी केन्द्रको जिल्ला कमिटि बैठकले प्रत्यक्ष र समानुपातिकतर्फ उम्मेदवार बन्न चाहेका नामका विषयमा छलफल गरी सिफारिस गरेको पार्टी जिल्ला समन्वय कमिटिका सचिव लोकबहादुर पुलामीले जानकारी दिए ।   
माओवादी केन्द्र सत्ता साझेदार पाँच दलीय गठबन्धनमा सहभागी भए पनि सबै क्षेत्रमा उम्मेदवार सिफारिस गरेको छ । जसअनुरुप प्रतिनिधिसभातार्फ़ क्षेत्र नं १ मा गङ्गा पराजुली, क्षेत्र नं २ तर्फ बाबुराजा बज्राचार्य र श्यामकृष्ण महर्जन तथा ३ नं क्षेत्र तर्फ तर्फ पम्फा भूषाल र सूर्यमान महर्जनको नाम सिफारिस गरिएको छ । संघको समानुपातिकमा भने १ नं बाट लोकबहादुर पुलामी २ बाट पदमाकुमारी राई र अर्जुनकुमार थापालाई सिफारिस गरिएकाे छ ।

प्रदेशतर्फ भने निर्वाचन क्षेत्र नं १ को क तर्फ़ हरि दाहाल, राजु आलेमगर,नवराज ढुंगाना, रामप्रसाद आचार्य, राजेन्द्र मोक्तान, प्रेमबहादुर मोक्तानको नाम सिफारिस भएका छन् भने समानुपातिकतर्फ महिलाबाट लालकुमारी पुन, मिङ्गमा लामा, आदिवासी जनजातिबाट गोपीलाल सिंतान,  प्रेमबहादुर गोले, खस आर्यबाट रामप्रसाद दाहाल र खोमप्रसाद दाहाल तथा अल्पसंख्यकबाट मुकुन्द पहरीको नाम सिफारिस गरिएको छ। 
१ नं को प्रदेश ख प्रत्यक्षमा गोपालप्रसाद न्यौपानेकाे नाम सिफारिस गरिएको छ। समानुपातिकमा महिलाबाट कमला थापामगर, जनजातिबाट बेलबहादुर लामा र भाग्यराम महर्जनको नाम सिफारिस गरिएको छ । २ नं निर्वाचन क्षेत्रको क मा प्रत्यक्षतर्फ रामगोपाल सिङ, उमंग केसी, सुमनकुमार केसी, राजेन्द्र अमात्य र धनकुमार मैनालीको नाम सिफारिस भएको छ। समानुपातिकबाट कृष्णकुमार महर्जन, रामहरि बजगाईं, नेत्रबहादुर पुलामी, काजीरत्न महर्जन, बबिता रणपैली, लक्ष्मीबहादुर महर्जन र रोशनी थापा सिलवालको नाम सिफारिस भएको छ।  २ नं ख बाट प्रत्यक्षमा सरोज सि‌‌ह डंगोलको एकल नाम सिफारिस भएको छ। 

क्षेत्र नं ३ क बाट प्रत्यक्षमा दिनेश महर्जन, राजकाजी महर्जन, न्हुच्छेबहादुर महर्जन र अर्जुनबहादुर कार्कीको नाम सिफारिस भएको छ भने समानुपातिकमा महिलातर्फ उर्मिलाकुमारी लामा, जनजातितर्फ दीपेन्द्र श्रेष्ठ, किरण कुमार थापामगर र हिराबहादुर थापाको नाम सिफारिस भएको छ । प्रदेश खतर्फ प्रत्यक्षमा अनुमान श्रेष्ठ, समानुपातिकमा अमिर शाक्य र कुलाल संगोलाको नाम सिफारिस गरिएको छ ।

गठबन्धनमा रहेको माओवादीले २०७४ को निर्वाचनमा तत्कालीन बाम गठबन्धनबाट संघमा ललितपुर ३ बाट उर्जा, जलश्रोत तथा सिचाई मन्त्री पम्फा भूषालले जितेकी थिइन् । प्रदेश तर्फ १ क मा लालकुमारी पुन सुशीला र ३ को क मा राजकाजी महर्जनले जितेका  थिए । यसपटक पनि माओवादीले सत्ता गठबन्धनमा यिनै ३ सिट पाउने चर्चा  छ । माओवादीका एक जिल्ला समन्वय समिति सदस्यले ललितपुरमा हरि दाहाल ललित, पम्फा भूषाल र राजकाजी महर्जनलाई नै पार्टीले  आधिकारिक उम्मेदवार  दिन सक्ने बताए  । 

प्रकाशित मिति: बिहीबार, भदौ २३, २०७९  १९:५१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार