मेरो सिफारिश विधि–पद्धति अनुसार नै भएको छ : रामकृष्ण चित्रकार (भिडियो) 

बिहीबार, भदौ २३, २०७९
Global Ime Bank

ललितपुर । नेपाली काँग्रेस ललितपुरका नेता रामकृष्ण चित्रकारले प्रतिनिधिसभा निर्वाचनका लागि ललितपुर–२ मा आफूलाई जिल्लाले एकल सिफारिस गरेको विषयलाई विधि र पद्धति भित्रै रहेर गरिएको टिप्पणी गेका छन् । काँग्रेसका तर्फबाट एकल सिफारिस गरेर गठबन्धनका अन्य दललाई दबाब सिर्जना गरेको उनले बताए । 
‘मेरो सिफारिश लामो समयसम्म गहन रुपमा छलफल भएपछि आएको हो’, उनले शब्दपाटीसँग भने, ‘गठबन्धनमा सहभागी दलका साथीहरुले पनि काँग्रेसबाट एकल सिफारिश भए उम्मेदवार छनोट गर्न सजह हुने आशय व्यक्त गरेकाले सोही अनुरुप भएको हो ।’
राजनीतिक रुपमा क्षेत्र नं २ ले परिपक्वता प्रदर्शन गरेको छ उनले भने, काँग्रेसको सर्वसम्मत सिफारिश गर्दा गठबन्धन दललाई त्यो स्वीकार गर्नुपर्ने दबाब बढाएको छ ।’

प्रकाशित मिति: बिहीबार, भदौ २३, २०७९  १८:३९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार