महान्यायधिवक्ता झासहित सयौँ जसपा प्रवेश

सोमबार, भदौ २०, २०७९
Global Ime Bank

जनकपुरधाम । मधेश प्रदेशका मुख्यन्यायधिवक्ता दीपेन्द्र झा जसपा प्रवेश गरेका छन् । महोत्तरीको जलेश्वरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा झासहित विभिन्न पार्टी परित्याग गरी सयौँ नेता कार्यकर्ता जसपा प्रवेश गरेका हुन् । 
पार्टीका अध्यक्ष उपेन्द्र यादव, मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत लगायतका नेताहरुले झा सहितका कार्यकर्तालाई माला लगाएर शनिबार पार्टी प्रवेश गराएका हुन् ।

305029368_493708132764009_6300216870638979583_n1662370654.jpgसक्रिय राजनीतिमा लाग्ने मनसायका साथ महान्यायधिवक्ताको जिम्मेवारीबाट राजीनामा दिएका झाले जनता समाजवादी पार्टी, नेपालबाट राजनीतिलाई अगाडि बढाउन चाहनु मधेश र मधेशी समुदायका लागि मात्र नभइ नेपाली राजनीतिको लागि समेत सुखद संकेत भएको पार्टीका प्रचार विभाग प्रमुख पूर्णबहादुर बस्नेतले बताए । 
कार्यक्रममा पार्टीका राजनीतिक समिति सदस्य डा. सुरेन्द्र यादव, केन्द्रीय नेताहरु, प्रदेश तथा स्थानीय तहका नेताकार्यकर्ताहरूको उपस्थिति थियो । 

305117444_493707679430721_4723625987955825450_n1662370681.jpg

प्रकाशित मिति: सोमबार, भदौ २०, २०७९  १५:२१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार