रौतहटमा करेन्ट लागेर एक बालिकाको मृत्यु

आइतबार, भदौ १९, २०७९

रौतहट । रौतहटमा करेन्ट लागेर एक बालिकाको मृत्यु भएको छ । जिल्लाको गरुडा नगरपालिकाको वडा नम्बर २ गेडीगुठीमा करेन्ट लागेर उनको मृत्यु भएको हो ।

आइतबार करिब १ बजेको समयमा नुहाउने क्रममा धारामा लगाएको मोटरबाट करेन्ट लागेर स्थानीय दिनेश सहनीकी अन्दाजी १४ वर्षीय छोरी अम्बिका कुमारी सहनीको मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, भदौ १९, २०७९  २१:१०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार