कञ्चनपुरमा चट्याङ लागेर श्रीमान्–श्रीमतीको मृत्यु

आइतबार, भदौ १९, २०७९

कञ्चनपुर ।  कञ्चनपुरमा चट्याङ लागेर आइतबार दिउँसो श्रीमान्–श्रीमतीको ज्यान गएको छ ।     

ज्यान गुमाउनेमा कृष्णपुर नगरपालिका-७ शान्तिपुरका २२ वर्षीया दीपक राना र उनकी श्रीमती मन्तरा रहेका छन् । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता चक्रबहादुर शाहले माछा मारेर घर फर्किने क्रममा चट्याङ लागेर घाइते भएका उनीहरूको अस्पताल ल्याउँदै गर्दा ज्यान गएको हो ।

प्रकाशित मिति: आइतबार, भदौ १९, २०७९  २०:५६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार