थप १३ सय जनामा कोरोना भाइरस संक्रमण

२१ जनाको मृत्यु
मंगलबार, मंसिर १६, २०७७

काठमाडौं । विगत २४ घण्टामा नेपालभरि १,३०४ मानिसमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८,५८३ जनाको परीक्षण गर्दा त्यति संख्यामा सङ्क्रमित फेला परेका हुन् । सो अवधिमा २१ जनाको कोभिड–१९ का कारण मृत्यु भएको छ । यो वृद्धिसँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल संख्या दुई लाख ३३ हजार नाघेको छ । स्वास्थ्य मन्त्रालयले मंगलबार अपराह्न प्रकाशित गरेको विवरणअनुसार अहिले नेपालभरि १६ हजार ६३३ जनामा सक्रिय संक्रमण छ । मन्त्रालयका अनुसार अहिलेसम्म देशभरि १ हजार ५२९ सङ्क्रमितको मृत्यु भएको छ । काठमाडौं उपत्यकाका तीन जिल्लामा धेरै संक्रमित फेला पर्ने क्रम अहिले पनि जारी छ । मंगलबार संक्रमितमध्ये काठमाडौका ४०९, ललितपुरका ८५ र भक्तपुरका ३६ छन् । कास्कीका १००, झापाका ६८, मोरङका ६१, सुनसरीका ५२ र रुपन्देहीका ४५ जनामा पनि सङ्क्रमण पुष्टि भएको छ । 
 

प्रकाशित मिति: मंगलबार, मंसिर १६, २०७७  १७:४६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार