नेपालको अधिकांश भागमा औसतभन्दा कम वर्षा

बुधबार, भदौ ८, २०७९

काठमाडौँ,  ।   नेपालको अधिकांश भूभागमा यस वर्ष औसतभन्दा कम पानी परेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । यस वर्ष मनसुन सुरु भएपछि अहिलेसम्म काठमाडौँ उपत्यकासहित देशको पूर्वी क्षेत्रमा औसत वर्षा भएपनि मधेश प्रदेश र काठमाडौँ उपत्यका पश्चिमतर्फको अधिकांश भूभागमा सरदरभन्दा कम वर्षा भएको छ ।  यसवर्ष मनसुनी न्यूनचापीय रेखा अधिकांश समय सरदरभन्दा दक्षिण कोलकोता तल रहँदा जलवाष्पयुक्त वायु पर्याप्त मात्रामा उत्तरतर्फ प्रवेश नगर्दा नेपालमा वर्षा कम भएको विभागका मौसमविद् हीरा भट्टराईले जानकारी दिए  ।
 काठमाडौँ उपत्यकालगायत पहाडी क्षेत्रका केही स्थानमा सरदरभन्दा बढी वर्षा भए पनि अघिल्ला वर्षमा जस्तो देशभर चार–पाँच दिनसम्म लगातार झरी नपरेको मौसमविद् सञ्जिव अधिकारीले बताए  । नेपालमा सामान्यतया जेठ अन्तिमदेखि मध्यअसोजसम्म करिब ११० दिन मनसुनी हावा प्रवेश भई वर्षा हुने विभागले जनाएको छ ।    

प्रकाशित मिति: बुधबार, भदौ ८, २०७९  १७:५०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार