ङादी ग्रुपको एक करोड कित्ता हकप्रद सेयरमा आवेदन दिने अन्तिम दिन

मंगलबार, भदौ ७, २०७९

काठमाडौं  । ङादी ग्रुप पावरको हकप्रद सेयरमा आवेदन दिने मंगलबार अन्तिम दिन रहेको छ । कम्पनीले साउन १८ गतेबाट आफ्ना सेयरधनीहरूलाई हकप्रद सेयर बिक्री खुला गरेको थियो ।

कम्पनीले १५० प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको छ । जसअनुसार कम्पनीले १०० अंकित दरका कुल एक करोड ६ लाख तीन हजार ९८६ कित्ता हकप्रद सेयर बिक्री गर्नेछ । 

यो हकप्रदमा आज बैंकिङसम्म आवेदन दिन सकिने धितोपत्र बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ । लगानीकर्ताले मेरो सेयरबाट अनलाइन आवेदन दिन पाउनेछन् । धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था, सिद्धार्थ क्यापिटलको कार्यालय र सिद्धार्थ बैंकका शाखाहरू विराटनगर, वीरगन्ज, पोखरा, बुटवल, नेपालगन्ज, धनगढी र सुर्खेतबाट पनि आवेदन दिन सकिनेछ । 
 

प्रकाशित मिति: मंगलबार, भदौ ७, २०७९  ११:५४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार