हिमालयन बैंकले २५ लाख इकाइ ऋणपत्र निष्कासन गर्ने

मंगलबार, भदौ ७, २०७९

काठमाडौं  । हिमालयन बैंकले १५ भदौबाट २५ लाख युनिट (इकाइ) ऋणपत्र बिक्री खुला गर्ने भएको छ । बैंकले प्रतिइकाइ एक हजार रुपैयाँ दरमा दुई अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्नेछ । 

यसमध्ये १५ लाख युनिट ऋणपत्र व्यक्तिगत तवरबाट तथा बाँकी १० लाख युनिट सर्वसाधारणका लागि खुला हुनेछ । यसबाट सामूहिक लगानी कोषलाई ५ प्रतिशत छुट्याएको छ । सामूहिक लागानी कोषहरुले कुल ५० हजार इकाइ पाउनेछन् ।  

ऋणपत्रमा वार्षिक १०.५० प्रतिशत ब्याजदर पाइनेछ । यसमा न्यूनतम २५ इकाइदेखि अधिकतम २ लाख ५० हजार इकाइसम्म आवेदन दिन सकिनेछ । बैंकले ७ वर्ष अवधिको ‘हिमालयन बैंक वन्ड २०८६’ नाममा ऋणपत्र जारी गर्न लागेको हो । यसमा बिक्री प्रबन्धकको काम नबिल इन्भेस्टमेन्ट बैकिङ लिमिटेडले गर्नेछ । ऋणपत्रमा १९ भदौसम्म आवेदन दिन सकिनेछ ।
 

प्रकाशित मिति: मंगलबार, भदौ ७, २०७९  ११:५२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार