सिटफाँटका लागि सत्तारुढ गठबन्धनका शिर्ष नेताहरुको बैठक बस्दै

मंगलबार, भदौ ७, २०७९

काठमाडौं ।  प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनका लागि सिट वाँडफाटका बारेमा सहमति जुटाउनका लागि सत्तारुढ पाँच दलीय गठबन्धनका शीर्ष नेताहरूको बैठक आज पनि बस्ने भएको छ ।

सोमबार साँझ बसेको बैठक बिना निष्कर्ष टुंगिएपछि सिट बाँडफाँटमा सहमति जुटाउन आज पनि बैठक बस्न लागेको हो । 

सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सोमवार सहमति जुटाउनका लागि गठबन्धनका शीर्ष नेताहरूको बैठक आज दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने जनाएका थिए ।
 

प्रकाशित मिति: मंगलबार, भदौ ७, २०७९  ११:३१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार