चितवनमा ६ सवारी साधन तोडफोड, ५ पक्राउ

मंगलबार, भदौ ७, २०७९

चितवन । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युष्टि पार्टीसहित ४ साना दलले घोषणा गरेको बन्दको अवज्ञा गरेको भन्दै चितवनमा बन्दकर्ताले ६ वटा सवारी साधनमा तोडफोड गरेका छन् भने ५ जना बन्दकर्ता पक्राउ परेका छन ।

चितवन प्रहरीका अनुसार बन्द आह्वानकर्ताले तीन वटा बस, दुई वटा ट्रक र एउटा कार तोडफोड गरी सामान्य क्षति पुर्‍याएका छन । चितवन प्रहरी प्रवक्ता डिएसपी नरहरी अधिकारीका अनुसार सवारी साधन तोडफोड गर्ने पाँच जनालाई चितवन प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसरी सवारी साधान तोडफोडमा संलग्न रहेको आशंकामा भरतपुर नगरपालिकाका अमित घिसिङ, राजनबाबु सिंह ,सुरज शर्मा, सुदिप पौडेल र गणेश श्रेष्ठ पक्राउ परेको प्रहरीले जनाएको छ। 

कैलालीको दुई स्थानमा शंकास्पद बस्तु फेला

कैलालीको दुई स्थानमा आज विहान शङ्कास्पद् वस्तु फेला परेको छ । 

जिल्ला प्रहरी कार्यालयका अनुसार गोदावरी नगरपालिका–१ अत्तरिया चौकस्थित धनगढी अत्तरिया र सोही नगरपालिकाको वडा नम्बर ६ स्थित आवास नगरको गेट नजिक शङ्कास्पद् वस्तु फेला परेको हो । 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीधनगढी–अत्तरिया बाटोमा सेतो प्लाष्टिकमा बेरेर राखेको वस्तु फेला परेको हो । 

उनका अनुसार प्रहरी निरीक्षक वासुदेव भट्टको कमाण्डमा सात जना प्रहरी खटाइएको र नेपाली सेनासँग समन्वय गरेर शकांस्पद बस्तु माथी अनुसन्धान जारी राखिएको छ ।

बिहानै दाङमा टिपर आगजनी

घोराहीबाट लमहीतर्फ जाँदै गरेको टिपरमा बिहानै आगजनी भएको छ ।

रा १ ख १६९४ नम्बरको टिपरमा बिहान ४ बजेतिर बबई खोलाको पुल नजिक आगजनी भएको हो ।

प्रहरीका अनुसार चार–पाँच जनाको समूहमा आएकाले टिपरमा आगजनी गरि भागेको थिए  भने आगजनीका कारण टिपरको अघिल्लो भाग जलेर नष्ट भएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख तथा प्रहरी निरीक्षक सुरेशप्रसाद काफ्लेको टिपर आगजनी गर्नेको खोजी भईरहेको छ ।

प्रकाशित मिति: मंगलबार, भदौ ७, २०७९  ११:२३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार