जङ्गली हात्तीको आक्रमणमा घाइते

सोमबार, भदौ ६, २०७९

कञ्चनपुर ।  जङ्गली हात्तीको आक्रमणमा परेर बेदकोट नगरपालिका–१ रडहाका अन्दाजी ३५ वर्षीय दुर्गा महरा आज साँझ घाइते भएका छन् । सँगै रहेका दुईजना महिलाले भागेर ज्यान जोगाएका छन् । हराएको गोरु खोज्न गएका बेला नगरपालिका–२ स्थित पानीट्याङ्की नजिकैको जङ्गलमा हात्तीले आक्रमण गरेको वडा सदस्य विनोद बिष्टले बताए ।
दुर्गासँगै गएका ४५ वर्षीय बेलु बिष्ट र ३२ वर्षीय हिरा बिष्टले भागेर ज्यान जोगाएको उनले बताए । “हात्तीले घाइते बनाएको खबर पाउने बित्तिकै एम्बुलेन्सको व्यवस्था गरी दुर्गालाई महाकाली अस्पताल पु¥यायौँ,” उनले भने, “ दुर्गाको घाँटीमा गम्भीर चोट लागेको छ । उहाँको शरीरको भित्री भागमा समेत चोट लागेको छ ।” जङ्गली हात्तीले आक्रमण गर्न थालेपछि स्थानीय बासिन्दा निकै त्रसित भएका छन् ।

 

प्रकाशित मिति: सोमबार, भदौ ६, २०७९  २२:००
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार