सर्वाेच्च अदालतले कर्मचारी समायोजनसम्बन्धी मुद्दाको निर्णय मङ्गलबार दिने

सोमबार, भदौ ६, २०७९

काठमाडौँ । सर्वोच्च अदालतले आज सुनाउने भनिएको कर्मचारी समायोजनसम्बन्धी मुद्दाको फैसला आगामी मङ्गलबार सुनाउने भएको छ । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, बमकुमार श्रेष्ठ र टङ्कबहादुर मोक्तानको संवैधानिक इजलासले सो फैसला सुनाउने भएको हो ।
सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार यही भदौ ७ गते मङ्गलबारका दिन निर्णय सुनाउने मिति तय भएको हो । यसअघि यही भदौ १ गते आजका लागि निर्णय सुनाउने मिति तय गरिएको थियो । कर्मचारी समायोजनसम्बन्धी ९९ थान रिट निवेदनमा गत साउन १७ गते नै सुनुवाइ सकेर फैसलाका लागि आज मिति तोकिएको थियो । यो मुद्दामा फैसला नहुँदा सङ्घ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन अन्योलमा परेको छ ।

 

प्रकाशित मिति: सोमबार, भदौ ६, २०७९  ०४:४०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार