कांग्रेस नेता गिरीको निधनप्रति विपी विचार राष्ट्रिय समाजद्वारा दुःख व्यक्त

सोमबार, भदौ ६, २०७९

काठमाडौँ । विपी विचार राष्ट्रिय समाजद्वारा कांग्रेस नेता एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको निधनप्रति दुःख व्यक्त गरेको छ । समाजका सभापति कुलबहादुर गुरुङ, सहसभापति गोविन्दराज जोशी र महासचिव विनयध्वज चन्दले संयुक्त शोक विज्ञप्ति जारी गरी चिन्तनशील राजनीतिकर्मी गिरीको निधनले विपी विचार राष्ट्रिय समाज अत्यन्त दुःखी भएको बताएका हुन् ।
विगत लामो समय भारतको मुम्बईका विभिन्न अस्पतालमा घाँटीको क्यान्सरको उपचार गराएर नेपाल आउनासाथ निमोनिया देखिएपछि साउन ९ गते ललितपुरस्थित मेडिसिटी अस्पताल भर्ना गरिएका नेता गिरीको अस्पतालमै शनिबार राति ९ः३० बजे निधन भएको थियो ।
सभापति गुरुङले मृतक गिरीको आत्माको चिरशान्तिको कामना गर्दै शोकाकुल परिवार तथा आफन्तजनमा हार्दिक समवेदना प्रकट गरेका छन् । स्व नेता गिरी प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४ मा सिरहा–१ बाट निर्वाचित भएका थिए ।

 

प्रकाशित मिति: सोमबार, भदौ ६, २०७९  ०४:१६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार