सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेपाली कांग्रेसका दिवंगत नेता प्रदीप गिरिप्रति श्रद्धाञ्जलीको कार्यक्रम जारी छ । भारतको मुम्बईमा घाँटीको क्यान्सरको उपचार गराएर नेपाल आउनासाथ निमोनिया देखिएपछि गत साउन ९ गते ललितपुरस्थित मेडिसिटी अस्पताल भर्ना भएका नेता गिरीको अस्पतालमै शनिबार राति ९.३० बजे निधन भएको हाे । गिरीप्रति श्रद्धाञ्जलि व्यक्त गर्न अस्पताल परिसरमा पार्टीका नेता, कार्यकर्ता तथा शुभचिन्तक भेला भएका छन् । पूर्वराष्ट्रपति डा रामवरण यादव, गृहमन्त्री बालकृष्ण खाण, कांग्रेस नेता डा शेखर कोइराला, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगनकुमार थापा, केन्द्रीय सदस्य उदयशम्शेर राणालगायत अस्पताल पुगी भई उहाँप्रति श्रद्धाञ्जलि अर्पण गरेको छ ।
स्व गिरीको पार्थिव शरीर बिहान ९ बजेदेखि ११ बजेसम्म मेडिसिटी अस्पताल प्राङ्गणमा रहेको शिवालय मन्दिरमा श्रद्धाञ्जलिका लागि राखिएको र बिहान ११.३० बजेदेखि दिउँसो २.०० बजेसम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिनेछ ।