महाँकाल पूर्व विद्यार्थी संघको अध्यक्षमा डा. लक्ष्मण घिमिरे

१३ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित
शनिबार, भदौ ४, २०७९
डिस होम विज्ञापन
Global Ime Bank

 ललितपुर । महाँकाल  पूर्व विद्यार्थी संघ गोटिखेल १८ औँ वार्षिक साधारण सभा  आज ब्राईट फ्युचर कलेजमा सम्पन भएको छ । श्री महाँकाल मा.वी र महाँकाल क्याम्पसका सम्पूर्ण भूतपूर्व विद्याथीहरु संलग्न भएर विद्यालय र ललितपुर जिल्लाको  पहाडी भेगकै सामाजिक सांस्कृतिक आर्थिक विकासमा सहयोग गर्ने उदेश्य राखेर   वि.स २०६० साल साउन २९ गते जिल्ला प्रशासन  कार्यालयमा गैरसरकारी संस्थाको रुपमा दर्ता भएको संस्था हो । यसले  पूर्व विद्यार्थी तथा गुरुहरुको सुख दु :खदमा सहयोग गर्दै आएको सामाजिक संस्थाको अठारौँ वार्षिक साधारण सभाले  सर्वसम्मत नयाँ कार्य समिति चयन गरेको छ ।   299930321_1469106330218688_4981916759880532790_n1661015181.jpg

अध्यक्षमा डा. लक्ष्मण प्रसाद घिमिरे , उपाध्यक्ष सहदेब बन्जारा ,सचिब कमल तिमल्सिना , सह- सचिब सुन्तला दुलाल , कोषाध्यक्ष रामरमण हुमागाई , सदस्यहरुमा  परशुराम सापकोटा , लक्ष्मण दुलाल,    श्याम  बजगाई , रमेश घिमिरे , रामशरण तिमल्सिना , रविन्द्र तिमल्सिना , सुमित्रा घिमिरे र अनु घिमिरे निर्वाचित भएको निर्वाचन मण्डलका संयोजक शिवराज संजेलले जानकारी दिए  ।

जिल्ला  समन्वय  समितिका   प्रमुख   एंवम  पूर्व विद्याथी ऋषिदेब  फुयालले सामाजिक  कार्यमा  काम गर्ने  व्यक्ति  कम   हुने गरेको    बताउदै उनले  शैक्षिक   विकास   गर्न संघले महत्वपुर्ण भूमिका खेलेकाे  उल्लेख गरे । उनले भने   नयाँ   विद्याथीहरुलाई  विषय छनोट तथा कलेजहरु छान्न   सहयोग गर्न  सबै पूर्व विद्याथीहरुमा  आग्रह गरे ।

300281477_1098360771108695_1442101185314202845_n1661015264.jpg

संस्थापक   अध्यक्ष   तथा सल्लाकार  रामशरण  शर्मा   घिमिरे  धेरै   लामो समय  अध्यक्ष   भएर    काम  गरेकोे   बताउदै  उनले  संघले ऐतिहासिक  विषयहरु खोजेर स्मारिक  बनाएको   सभामा  स्मरण गराउदै उनले   भने  क्याम्पस   सञ्चालन  गर्न  स्वर्ण  महोत्सब  मनाउन  तथा  सामाजिक   कार्य   गर्न   ठुलो  योगदान पुर्‍याएको बताए ।

   संघका   सल्लाहकार  रविन्स शार्माले संघ   सबैको साझा संस्था   भएकाले पूर्व विद्याथीहरु   विद्यालय सुधार गर्न  तथा शिक्षाको गुणतर सुधार्न  लाग्नु पर्ने बताए   । सघंका   अध्यक्ष नवराज महतले  भुकम्प र  कोभिडको कारणले  धेरै  काम गर्न    नसकेको   बताउदै  थाेरै  काम  भए पनि अर्थपूर्ण   काम गरेको  बताए ।  उनले भने  हामीले महाँकाल मा.वीको विकास  गर्न  उल्लेखनीय   काम  गरेका छाैँ  ।   विद्यालयले  धेरै क्षेत्रमा जान  सक्ने उर्जाशिल व्यक्तित्व  जन्माएको  स्मरण गराउँदै नयाँ कार्य समितिलाई अझ नयाँ  काम गर्न सुझाव दिए ।   संघका   उपाध्यक्ष   केशब   प्रसाद   घिमिरेले   २०३८ साल  देखि     महाँकाल  मा .वि मा  एसएलसी  सुरु भएको बताउँदै     हाल सम्म   ४१  ब्याच  पास भएर देश तथा विदेशमा  बसोबास गरीरहेकाले यस संस्थाले हजुरबा देखी नाती सम्म चिनाउने काम गरेको  बताए । कोषाध्यक्ष     चन्द्र  बजगाईले   संघको ५  लाख अक्षयकोष रहेको तथा  आजिवन २३०  सदस्य  भएकाे बताए    । 299810053_809068813419017_3371701817268214228_n1661015304.jpg

सभाले महाँकालका  पूर्व  विद्याथीहरु २०७९ को स्थानीय निर्वाचनमा  निर्वाचित जनप्रतिनिधी तथा  अक्षय कोष बनाउन सहयोग गर्ने दातालाई पनि  सम्मान  गरेको छ । कार्यक्रमा  २०३९ साल देखि ०७४ साल सम्मका पूर्व विद्यार्थीहरुको उपस्थिती रहेको थियो । 

प्रकाशित मिति: शनिबार, भदौ ४, २०७९  २०:०८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार