उपसभामुख भुसाललाई मातृशोक

शनिबार, भदौ ४, २०७९

काठमाडौं । उपसभामुख पुष्पा भुसाल गौतमलाई मातृशोक परेको छ। उपसभामुख गौतमकी आमा ९१ वर्षीया शारदा गौतमको शनिवार बुढानिलकण्ठस्थित निवासमै निधन भएको हो ।

दिवंगत शारदा गौतम नेपाली राष्ट्रिय कांग्रेसकी संस्थापकमध्येका एक वीपी कोइराला नेतृत्वको पहिलो जननिर्वाचित सरकारका स्वास्थ्यमन्त्री काशीनाथ गौतमकी जीवनसंगिनी हुन् । 

उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिनेछ।

प्रकाशित मिति: शनिबार, भदौ ४, २०७९  १४:१०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार